धारा १७३
प्रदेश प्रमुखलाई जानकारी दिने
मुख्यमन्त्रीले देहायका विषयमा प्रदेश प्रमुखलाई जानकारी दिनेछः–
(क) प्रदेश मन्त्रिपरिषदका निर्णय,
(ख) प्रदेश सभामा पेश गरिने विधेयक,
(ग) खण्ड (क) र (ख) मा उल्लिखित विषयमा प्रदेश प्रमुखले जानकारी मागेको अन्य आवश्यक विवरण, र
(घ) प्रदेशको समसामयिक परिस्थिति ।